close

गौतम बुद्ध रंगशाला निर्माणको लागि झाडी फाड्दै महानगर

गौतम बुद्ध रंगशाला निर्माणको लागि झाडी फाड्दै महानगर

Trulli
ADVERTISEMENT

चितवन - भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालाको झाडी फाड्न सुरु गरेको छ । महानगरपालिकाको आयोजनामा स्थानीय बासिन्दाको सहभागितामा झाडी फाड्ने काम सुरु गरेको हो । 

महानगरपालिकाको अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्थाका अभियन्ताहरु सहभागितामा रंगशाला सरसफाइ थालिएको हो ।

कार्यक्रमको भरतपुर महानगर प्रमुख रेनु दाहालले मेसिनमार्फत झाडी फडानी सुरू गरेर सरसफाइ कार्यक्रमको सुरूवात गरेको जनाइएको छ । रंगशालामा खेल्न मिल्ने गरी मर्मत तथा निर्माणका लागि महानगर र बागमती प्रदेशबीच सहमति भएको छ ।

पहिलो चरणमा करिब ७५ करोडको काम हुँदैछ । जसमा महानगरको ३० प्रतिशत र प्रदेशको ७० प्रतिशत लगानी हुने जनाइएकाे छ।