close

शहिदभूमीमा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शहिदभूमीमा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

धनकुटा - शहिदभूमी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा शनिबारदेखि वडा नं ७ को खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । 

गाउँपालिकाको अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राईका अतिथ्यतामा सुरु भएको प्रतियोगिा भोलि सोमबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा पालिकाभित्रका १३ वटा विद्यालयको सहभागिता रहेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख मनोज कुमार पौडेलले पालिकाखबरलाई बताए । 

प्रतियोगितामा हाइजम्फ लङजम्प, एथलेटिक्स, दौड लगायत छात्र र छात्रामा १४ विधागत प्रतियोगिता हुने उनले सुनाए । शनिबार सम्पन्न प्रतियोगितामा १५०० मिटर दौड र २०० मि दौड छात्रातर्फ ठाकुरदेवी मावि थलथलेले स्वर्णपदक जित्न सफल भएको उनले बताए । 

१५०० मिटर दौडमा छात्र र १०० मिटर दौडमा छात्रातर्फ पञ्चकृष्ण मावि पिप्लेले स्वर्ण पदक जितेकाे छ । त्यस्तै, २०० मिटर दौडमा र ८०० मिटर दौडमा छात्रतर्फ आर्दश मावि सफाईधापले स्वर्ण पदक जित्न सफल भयो ।