close

१३ जना कृषकलाई अनुदानमा च्यापकेटर मेसिन

१३ जना कृषकलाई अनुदानमा च्यापकेटर मेसिन

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले व्यावसायिक कृषकलाई मोटरसहितको च्यापकटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ७५ प्रतिशत अनुदानमा सो सामग्र वितरण गरेको हो । 

गाउँपालिकाले पालिकाभित्र रहेका व्यावसायिक कृषक तथा कृषि समूहलाई १३ वटा मेसिन वितरण गरेको हो । गाँउँपालिकाले जारी गरेको सूचनाको  निवेदनको आधारमा मूल्याङ्कन गरि  सो सामग्री वितरण गरेको हो । 

गाउँपालिकाको प्रवक्ता नारायणप्रसाद भुजेलका अनुसार पालिकाभित्र दर्ता भई सञ्चालनमा भएका फार्मलाई सो सामग्री वितरण गरेको हो । गाउँपालिकाले जारी गरेको सूचनामा आवेदन दिएका व्यक्तिलाई पालिकाको कृषि समितिले छनौट गरी सामग्री वितरण गरेको उनले पालिकाखबरलाई सुनाए ।