close

रावलको दावीः एमसीसी पारित हुँदैन

रावलको दावीः एमसीसी पारित हुँदैन

Trulli
ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको दाबी गरेका छन् ।

‘मैले भन्दै नभनेको कुरा प्रचार गर्नेहरू एमसीसी पारित गराउन लागिपरेका दलाल हुनु’ रावलले ट्वीट गर्दै भनेका छन् । 

शनिबार रावलले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

रावलले थप लेखेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका छन् । यद्यपि रावलले सुरुदेखि नै एमसीसी हुबहु पारित गरे राष्ट्रघात हुने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने अडान राख्दै आएका छन् ।