close

नेकपा संगठन विस्तारमा केन्द्रित 

नेकपा संगठन विस्तारमा केन्द्रित 

ADVERTISEMENT


शीर्ष नेताबीचको टकरावको कारण लामो समय विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अव संगठन विस्तारमा केन्द्रित भएको छ । 

उपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा संगठन विभागको आइतबार बसेको बैठकले नेकपाका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरुको तत्काल नवीकरण गर्ने निर्णय गर्दै पार्टी कमिटीमा सर्कुलर गर्ने निर्णय गरेको नेकपाले जनाएको छ । 

मंसिरभित्र नवीकरण गर्ने गरी संगठन विभागले तीन महिने कार्ययोजना तयार पारेको छ । असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय संगठन विभागले गरेको हो ।

गत माघमा बसेको केन्द्रीय कमिटीले २०७६ को चैत मसान्तभित्रनै सदस्यता नवीकारण गर्ने निर्णय गरेको थियो। कोरोना प्रकोपको कारणले नवीकरण हुन नसकेको हो। नेकपाले आउदो चैत २५ देखि चैत ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेकपामा २०७४ सालदेखि कुनै पनि पार्टी सदस्यको सदस्यता नवीकरण भएको छैन । पूर्वएमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ ।