close

बुटवललाई वित्तीय, सांस्कृतिक र पर्यटकीय राजधानीको प्रस्ताव

बुटवललाई वित्तीय, सांस्कृतिक र पर्यटकीय राजधानीको प्रस्ताव

Trulli
ADVERTISEMENT

नवलपरासी– लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहको उल्लेख गर्दै तर पार्टी अनुशासन कायम राख्न दाङको पक्षमा मतदान गरेको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अनुशासित पार्टी भएकै कारण जनताले विश्वास गरेको पनि उनले बताए । ‘म आफू पनि बुटवलको पक्षमा रहे पनि पार्टी अनुशासन कायम  राख्नुप¥यो’, उनले भने, ‘बुटवललाई पनि दुई तिहाइ मत नपुग्ने स्थिति रहेकाले पार्टीले ह्विप लगाएका हो ।’

राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा उनले मतदानमा पार्टीका कुनै पनि सांसदले ह्विप उल्लंघन नगरेको जिकिर पनि गरे ।

नेकपाका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज तथा जिल्ला इन्चार्जसमेत रहेका मन्त्री चौधरीले बुटवल राजधानी हुने अवस्था नभएपछि बुटवल भैरहवालाई वित्तीय राजधानी तथा कपिलवस्तु, रूपन्देही र नवलपरासीलाई सांस्कृतिक पर्यटकीय राजधानी बनाउने प्रस्ताव पनि आफैँले गरेको बताए ।