close

ओली केशरजंगका ‘नयाँ अवतार’, जनप्रतिनिधि भन्छन्ः मदन भण्डारी रोए होलान्

ओली केशरजंगका ‘नयाँ अवतार’, जनप्रतिनिधि भन्छन्ः मदन भण्डारी रोए होलान्

Trulli
ADVERTISEMENT

ओखलढुंगा– चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा र उपप्रमुख सुस्मिका राईले प्रतिनिधिसभा विघटन गलत भएको बताएका छन् । अध्यक्ष शर्माले संसद विघटन पतनको बाटो भन्दै केपी शर्मा ओली केशरजंग रायमाझीको नवअवतार भएको आरोप लगाएका छन् ।


अध्यक्ष शर्माले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनको दोस्रो केशरजंग रायमाझी केपी ओली नै हुन् । जनताको अभिमतमाथि बेइमानी गरेकोमा राष्ट्रिय गद्दार घोषणा गर्नुपर्छ ।’


कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई रसातलमा पु¥याएको उनको टिप्पणी छ । फेसबुक स्टाटसमा शर्माले राष्ट्रपतिमाथि पनि कटाक्ष गरेका छन् । उनले ‘राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहो¥याउने काम इतिहासकै गम्भीर भूल भयो । यदि आध्यात्मिकतालाई मान्ने हो भने आज सबैभन्दा बेसी रुने मदन भण्डारी नै भए होला !’ शर्मा नेकपा प्रदेश १ कमिटीका सदस्य पनि हुन् ।


त्यस्तै, चिशंखुगढी गाउँपालिकाका उपाध्यक्ष सुस्मिका राईले पनि संसद विघटन जायज कदम नभएको बताइन् । उनले नेतृत्वको स्तरमाथि प्रश्न उठाउँदै धरातलमा टेक्न नसकेको बताएकी छन् ।


ओखलढुंगाका अन्य स्थानीय तहका प्रमुख तथा उपप्रमुखले भने प्रतिक्रिया दिएका छैनन् । कतिपयले पछि बताउने भनेका छन् भने कति सम्पर्कमा आउन चाहेनन् ।


यता, ओखलढुंगाका विघटित संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले भने प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् । उनले यसलाई स्वीकार्न नसकिने बताए । संसद विघटन अस्थिरता निम्त्याउने षड्यन्त्र भएको टिप्पणी गरे ।