close

नेकपा प्रचण्ड-माधव समूहको नोट अफ डिसेन्ट 

उदयपुरमा निर्वाचन छलफल

नेकपा प्रचण्ड-माधव समूहको नोट अफ डिसेन्ट 

उदयपुरमा निर्वाचन छलफल

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला निर्वाचन कार्यालय उदयपुरले आउँदो वैशाखको निर्वाचन तयारीबारे सर्वदलीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

 

जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित अन्तर्क्रियामा सहभागी पुष्पकमल दाहाल-माधव नेपाल र जसपाका प्रतिनिधिले निर्वाचनसम्बन्धी कार्यक्रमलाई बेमौसमी बाजाको संज्ञा दिए । सरकारले समय र आर्थिक स्रोतको खर्च मात्र गरेको टिप्पणी उनीहरूको छ ।

 

नेकपाको प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं त्रियुगा नगर प्रमुख बलदेव चौधरीले निर्वाचन आयोगले नेकपाका २ समूहमध्ये कुन आधिकारिक हो र कसले वैधानिकतासहित चुनाव चिह्न पाउँछ भन्ने निर्क्याैल नगरी चुनावी गतिविधि अगाडि बढाउनु अस्वाभाविक भएको टिप्पणी गरे ।


नेकपा उदयपुरका जिल्ला सचिव ईश्वरमणि राउतले सरकारले हुँदै नहुने निर्वाचन घोषणा गरेको बताए । चुनावी गतिविधिले राज्यको आर्थिक स्रोत सकिने र जनशक्तिले दुःख मात्रै पाउने उनको आरोप थियो ।

 

प्रतिनिधिसभा विघटना ब्युँतिने-नब्युँतिने भन्नेबारे न्यायालयको फैसला आइनसकेको अवस्थामा चुनावी माहोल भन्दै प्रचार गर्ने र कार्यक्रम गर्ने सरकारको शैली बेतुक भएको उनले टिप्पणी गरे । छलफलमा सहभागी नेकपा प्रचण्ड-निर्वाचनको कार्यक्रमप्रति प्रचण्ड-नेपाल निकट नेकपाका नेताहरूले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

 

जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले सरकारले तोकेको चुनाव समयमै हुने बताए । चुनावी माहोलमा होमिन उनले राजनीतिक दलहरूलाई सुझाए ।

 

प्रमुख जिल्ला अधिकारि चक्रपाणि पाण्डेले जिल्लामा निर्वाचनका लागि शान्ति-सुरक्षा व्यवस्था चुस्त-दुरुस्त रहेको जानकारी दिए । सरकारले निर्देशन गरेअनुरूप चुनावी तयारी अगाडि बढाउन प्रशासन तयार रहेको उनको भनाइ छ । 

 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी तथा प्रचारको काम अगाडि बढाएको बताएको छ । 

 

मतदाता शिक्षा, मतदाता नामावली सच्याउनेजस्ता काम हाल भइरहेको र त्यसका लागि राजनीतिक दल तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन अधिकृत हिमालय बरालको धारणा थियो ।