close

प्रचण्ड-माधव समूहको आमहडताल : कतै प्रभाव, कतै अवज्ञा

नेपालभर १ सय २० जना पक्राउ, सवारीसाधन तोडफोड

प्रचण्ड-माधव समूहको आमहडताल : कतै प्रभाव, कतै अवज्ञा

नेपालभर १ सय २० जना पक्राउ, सवारीसाधन तोडफोड

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहले गरेको आमहडतालको प्रभाव उपत्यकासहित नेपालभर देखिएको छ । उपत्यकाका मुख्य चोकमा नेकपाका कार्यकर्ता भेला भएर सवारी सञ्चालनमा रोक लगाइरहेका छन् ।

 

उपत्यकाका मुख्य सडकमा प्रचण्ड-नेपाल समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारी साधन चलेका छन् । पसलहरू कतै खुलेका छन् भने कतै बन्द छन् । शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गरिएका छन् ।

 

नेकपा प्रचण्ड-माधव समूहका नेता कार्यकर्तासमेत सडकमा उत्रिएका छन् । देशव्यापी आमहडतालका क्रममा हालसम्म देशभरका विभिन्न स्थानबाट १ सय २० जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकाबाट ८० र उपत्यका बाहिरबाट ४० जना गरी १ सय २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै, देशका विभिन्न स्थानमा सवारी साधनमाथि अगजनी तथा तोडफोडका घटना भइरहेका छन् । बिहीबार बिहान काठमाडौंको गोंगबुमा एक ट्याक्सीमा आगजनी भएको छ । कुम्भनारायण श्रेष्ठको प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रोकिराखेको ट्याक्सीमा अज्ञात व्यक्तिले आगजनी गरेर भागेका थिए । 


गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । आमहडताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगबु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको थियो ।

 

त्यस्तै, चाबहिलको मित्रपत्रमा बा ५ ख २०३९ नम्बरको मिनीबसमा तोडफोड गरिएको छ भने कलंकीस्थित मकालु पेट्रोलपम्प नजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुंगा प्रहार भएको छ ।

 

चितवनमा बा ३ ख ३९३, ना १ ख १४३५ र ना ८ ख ४४८० ट्रकको सिसा फुटाइएको छ । भरतपुरमा ४ वटा मालवाहक गाडीमा तोडफोड भएको महानगरीय प्रहरी एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।