close

बाजुरामा खुल्यो माओवादी केन्द्रको कार्यालय

बाजुरामा खुल्यो माओवादी केन्द्रको कार्यालय

Trulli
ADVERTISEMENT

बाजुरा– सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई फुटाइदिएपछिट वारपार भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्ना पार्टी कार्यालय स्थाना गर्न थालेका छन् । बाजुरामा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना भएको छ ।

 

नेकपा बाजुराले सदरमुकाममा जिल्ला स्तरीय पार्टी कार्यालय स्थापना गरेको माओवादी केन्द्रका उपाध्यक्ष महेश शाहीले बताए । अदातलको निर्णयलाई शिरोधार्य गर्दै केन्द्रीय सर्कुलरअनुसार बिहीबार बडीमालिका नगरपालिकास्थित जिल्ला प्रहरी कार्यालय जाने बाटो नजिकै कार्यालय स्थापना गरिएको पार्टी कार्यालय सचिव गोरख कार्कीले जानकारी दिए । उनका अनुसार पार्टीका जिल्ला उपाध्यक्ष महेश शाहीको नेतृत्वको कार्यालय स्थापना गरिएको हो ।

 

उक्त अवसरमा कार्यक्रममा पार्टी उपाध्यक्ष शाही, कोषाध्यक्ष विनिता विक, नेता मानबहादुर विश्वकर्मा, अमर विक, चन्द्र थापालगायत सहभागी थिए ।