close

प्रदेश १ प्रदेशसभा: नेकपा हुँदा रडाकोे, एमाले भएपछि भद्रगोल 

प्रदेश १ प्रदेशसभा: नेकपा हुँदा रडाकोे, एमाले भएपछि भद्रगोल 

Trulli
ADVERTISEMENT

मोरङ- प्रदेश १ को प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । २ चैत सोमबारका लागि बोलाइएको प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठक विशेष कारण देखाई स्थगित गरिएको हो । 


प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् । विशेष भनिए पनि कारण खुलाइएको छैन । 


सर्वोच्च अदालतको फैसलाले नेकपा नासिएपछि साविकको नेकपा एमाले बनेसँगै देखिएको अन्तरविरोधका कारण स्थगित भएको हुन सक्ने अनुमान गरिएको छ ।


प्रदेशसभामा तत्कालिन सत्तारुढ नेकपाकै सांसदहरूले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेकपा पुरानै पार्टीमा फर्किएपछि एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न निर्देशन दिएको थियो ।

 

तर, माधव÷झलनाथ खनाल पक्षीय सांसदहरूले त्यो निर्णय नमान्ने अडान राख्दै आएका छन् ।