close

एमालेमै फर्किइन् प्रदेश सांसद खत्री

एमालेमै फर्किइन् प्रदेश सांसद खत्री

Trulli
ADVERTISEMENT

रूपन्देही– १९ वैशाखमा माओवादी रोजेकी विमला वली खत्री एमालेमै फर्किएकी छन् । दाङबाट पति उत्तरकुमार वलीको निधनपछि सांसद बनेकी खत्रीले माओवादी केन्द्र छाडी एमालेमा आएको विज्ञप्तिमार्फत जानकारी गराएकी हुन् ।

 

गत शुक्रबारदेखि शनिबारसम्म सम्पर्कविहीन भएकी उनले आफू एमालेमै रहेको र उपचाररत रहेकाले सम्पर्कमा नआएको बताएकी हुन् । सूर्य चिह्नबाटै चुनाव जितेकाले माउ पार्टी छाडेर माओवादी रोज्ने कुरा कानुनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

 

माओवादी केन्द्रको समूहमा गनिएकी उनी एमालेमा फर्किंदा प्रदेशमा सत्तारुढ पार्टीको संख्या ३९ भएको छ । उनी एमालेमा फर्किए पनि मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमै छन् ।