close

कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त 

कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त 

Trulli
ADVERTISEMENT

बुटवल- लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

 

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । 

 

सोही दावी अनुसार उनी नियुक्त भएका हुन् । उनले आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रदेश प्रम्खको कार्यालयका अनुसार उनको र केही मन्त्रीको आजै सपथग्रहण कार्यक्रम तय भएको छ । 


गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।