close

‘संसद ठप्प पार्छाैं, हेरौंला ! कसरी चल्दोरहेछ सरकार’

सभामुखलाई संसदबाटै ठेगान लगाइदिने एमालेको चेतावनी

‘संसद ठप्प पार्छाैं, हेरौंला ! कसरी चल्दोरहेछ सरकार’

सभामुखलाई संसदबाटै ठेगान लगाइदिने एमालेको चेतावनी

Trulli
ADVERTISEMENT

रुपन्देही– प्रदेश सांसद अजय शाही र विमला वलीलाई निष्काशन नगरेर सभामुखले गम्भिर गल्ति गरेको नेकपा एमाले लुम्बिनी प्रदेशले आरोप लगाएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गरी संविधानको धारा १८२ को उपधारा ६ को खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम सभामुखले पद अनुकूल आचरण नगरेको जनाएको हो । 
 

प्रदेशसभा सचिवालयले एमालेलाई पत्र लेखि सांसद अजय शाही र बिमला वलीलाई सांसदबाट पदमुक्त गर्न नमिल्ने बताएको थियो । 
 

प्रदेशसभाका सभामुखले न्यायधिशको जस्तो प्रवृत्ति प्रस्तुत गरेको भन्दै पूर्व मन्त्री तथा एमाले नेता बैजनाथ चौधरीले निरन्तर संसद बैठक अवरुद्ध गरेर सभामुखलाई संसदबाटै ठेगान लगाइदिने चेतावनी दिए । ‘संसद नै चल्न नदिएपछि सरकार कसरी चल्छ, बैधानिकता कसरी प्राप्त गर्छ हामी पनि हेर्छौ ।’
 

प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ । नेकपा एमाले शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।