close

भक्तपुरका अधिकांश जनप्रतिनिधि ओलीकै पक्षमा

लुम्बिनीमा एक सांसद मात्रै नेता नेपालको पार्टीमा

भक्तपुरका अधिकांश जनप्रतिनिधि ओलीकै पक्षमा

लुम्बिनीमा एक सांसद मात्रै नेता नेपालको पार्टीमा

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरमा नेकपा एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधि संस्थापन पक्षमै रहेका छन् । भक्तपुरका चार स्थानीयमा एमालेबाट निर्वाचित जनप्रतिनिधि ओली पक्षमा रहेको देखिएको हो । 


मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । उपप्रमुख अन्जनादेवी मधिकर्मी विपक्षी कांग्रेसबाट निर्वाचित हुन् । भक्तपुर नगरपालिकाका वडाध्यक्षसहित नगरप्रमुख सुनील प्रजापति र उपप्रमुख रजनी जोशी नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन् । 

 

जिल्लाको नयाँ चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बास्तोला एमालेबाटै निवार्चित हुन् । पालिकाको ९ वडामध्ये ५ वटा वडाध्यक्ष विपक्ष पार्टीका छन् भने ४ वटा वडाध्यक्ष एमालेबाट निवार्चित भएका छन् । त्यसमध्ये कोही पनि माधव नेपालकोे नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा छैनन् ।


सूर्यविनायक नगरपालिकाका वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख एमाले पक्षबाट निर्वाचित भएका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि एमालेमै खुलेका छन् । 

 

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा र उपप्रमुख जुना बस्नेतसहित एमालेबाट निर्वाचित ७ जना वडाध्यक्ष अध्यक्ष ओलीको समर्थनमा छन् । 
नगरप्रमुख थापा र उपप्रमुख बस्नेत एमालेको कार्यक्रममा सहभागीसमेत हुँदै आएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुवँरसहित सबै सदस्य एमालेमै रहेका छन् । 


दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र १ बाट सांसद महेश बस्नेत निवार्चित भएका थिए भने क्षेत्र २ बाट प्रदेश सांसद सरस्वती बाटी निर्वाचित भएका दुवै । दुवै सांसद एमालेकमै रहेका छन् ।

 


लुम्बिनीमा एक सांसद मात्रै नेता नेपालको पार्टीमा

 

लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा एकीकृत (समाजवादी) पार्टी कमजोर देखिएको छ । नेकपा समाजवादीलाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत जोगाइदिएकी छन् ।


लुम्बिनी प्रदेशका प्रभावशाली नेता सबै एमालेमै रहे पनि लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् ।


एमाले विभाजन भई नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नेता नेपाललाई रोजेकी हुन् । उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।


प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ । घर्तीले एमालेका अरू केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरिन् । 


८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ सांसद थिए । घर्तीले समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ ।
 पाँच दलीय गठबन्धनसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन् ।