close

कांग्रेस रूपन्देही महाधिवेशन तयारीमा : वडादेखि क्षेत्रीय सभापतिसम्मलाई प्रशिक्षण

कांग्रेस रूपन्देही महाधिवेशन तयारीमा : वडादेखि क्षेत्रीय सभापतिसम्मलाई प्रशिक्षण

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेस रूपन्देही पार्टीको १४औँ महाधिवेशनको तयारीमा लागेको छ । पार्टीको १४औँ महाधिवेशनको तयारीस्वरूप आउँदो १८ भदौदेखि वडा अधिवेशन सुरु हुँदै छ ।


अधिवेशन तयारी, निर्वाचन निर्देशिका तथा कार्यविधिबारे कांग्रेस रूपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवाका १५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिलाई प्रशिक्षण दिएको छ । 


रूपन्देहीमा महाधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिति अधिवेशनका निम्ति तयारीमा लागेको र बिहीबारसम्म सबै वडामा निर्वाचन अधिकृत खटाइने बताए ।

 

निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरी अधिवेशन गरिने र १८ भदौभित्र सम्पन्न हुन नसकेका स्थानमा सहमतिमै अर्को दिन निर्वाचन हुने उनले जानकारी दिए । 

 

कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि अधिकत प्रयत्न गरिने र वडा तहमा खटिने निर्वाचनकर्मीलाई सहयोग गर्न उनले आग्रह गरे । 


कांग्रेस रूपन्देहीका पूर्वजिल्ला सभापति रामचन्द्र ढकालले सबैलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गरे । सचिव रामकृष्ण खाँणले सबै तहका अधिवेशन समयमै सम्पन्न हुने विश्वास दिलाए ।