close

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि बिनाविभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका छन् ।

 

सरकार प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।  सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी थप गरिएको छ ।

 

मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

 

जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी बिनाविभागीय नै छन् ।