close

गृहमन्त्री खाँडको गृहनगरमा ३ जना नगरसभापतिका आकांक्षी

गृहमन्त्री खाँडको गृहनगरमा ३ जना नगरसभापतिका आकांक्षी

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकामा निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिका निर्वाचनका लागि रूपन्देहीको तिलोत्तमा नगर सभापतिमा एकपछि अर्काे गर्दै उम्मेवारी घोषणा गर्ने क्रम जारी छ ।


सभापति पदका लागि हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । नगर सभापतिका लागि नारायण न्यौपाने, वर्तमान सभापति हरिलाल पाण्डेय र हरिप्रसाद तिवारीले उम्मेदवारी घोषणा गरेका हुन् ।


न्यौपानेले पत्रकार सम्मेलन आयोजना गरी नगरसभापतिको उम्मेदवारी सार्वजनिक गरेका छन् । संगठनलाई चलायमान बनाउन उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । पार्टीभित्रको गुटबन्दी अन्त्य गरी संगठनलाई अनुशासित रूपमा चलायमान बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।


यस्तै, उपसभापतिमा अशोककुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका छन् ।


कांग्रेस नेता हरिप्रसाद तिवारीले तिलोत्तमा नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तिवारीले २०४८ मा ट्रेड युनियन कांग्रेस रूपन्देहीको जिल्ला सदस्य हुँदै राजनीति यात्रा सुरु गरेका हुन् ।


वर्तमान सभापति हरिलाल पाण्डेयले पनि सभापति पदमा पुनः दोहोरिने घोषणा गरेका छन् । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको गृहनगर भएका कारण तिलोत्तमा चर्चामा छ ।