close

ताप्लेजुङ नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा लामा 

ताप्लेजुङ नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा लामा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी ताप्लेजुङको अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । शनिबार सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग वाणिज्य संघको सभाहलमा भएको अगुवा कार्यकर्ता भेलाले लामा अध्यक्षताको ७२ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।


भेलाले उपाध्यक्षद्वयमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र सहसचिवमा रक्की थेबे रहेका छन् । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 


भेलामा जिल्ला अगुवा कार्यकर्ताले पार्टीलाई जीवन्त, जनमुखी र वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न अबको ध्यान संगठन विस्तारमा केन्द्रित गर्ने प्रण गरे ।