close

कांग्रेस गुल्मीका १२ स्थानीय तहमा चुनिए नेतृत्व

कांग्रेस गुल्मीका १२ स्थानीय तहमा चुनिए नेतृत्व

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गुल्मीका २ नगरपालिकासहित १२ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । १२ पालिकामा सहमति र चुनावका माध्यमबाट नयाँ नेतृत्व चयन भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताए ।


कांग्रेस गुल्मीका १२ पालिकामध्ये रेसुंगा नगरपालिकामा जयश्वर पन्थी, मुसीकोट नगरपालिकामा मोहन घिमिरे सभापति चुनिएका छन् ।  यस्तै, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इस्मा गाउँपालिकामा कृष्ण रिजाल, धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन सभापतिमा निर्वाचित भएका हुन् ।


यस्तै, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, रुरुक्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल, सत्यवती गाउँपालिकामा विष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा विष्णुप्रसाद भण्डारी, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल र कालीगण्डकी गाउँपालिका निमबहादुस श्रीस सभापतिमा चुनिए ।