close

रूपन्देही उद्योग संघमा पौडेल

रूपन्देही उद्योग संघमा पौडेल

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देही उद्योग संघको अधिवेशनले माधव पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा पौडेलको एकल उम्मेदवारी परेको थियो । अधिकांश पदमा एकल उम्मेदवारी परे पनि महासचिवमा भने निर्वाचन हुने देखिएको छ ।


निर्वाचन आयोगका अनुसार महासचिवमा हरिबहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिवमा वसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी परेको छ । खत्री वर्तमान कार्यसमितिमा कोषाध्यक्ष हुन् भने खनाल महिला सचिवको जिम्मेवारीमा थिइन् । ढकाल र भट्टराई दुवै कार्यसमिति सदस्य हुन् ।


संघको निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म अध्यक्षलगायतका अधिकांश पदमा एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेको मात्रै एकल उम्मेदवारी परेको छ ।


त्यसैगरी महिला सचिवमा मञ्जु भुसाल र सह–कोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ । साथै, आजीवन सदस्यतर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुँवर, महिला सदस्यतर्फ शारदा भट्टराई र मीना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको मात्रै एकल उम्मेदवारी परेको छ ।
खुलातर्फको ८ सदस्यका लागि ८ जनाको मात्रै उम्मेदवारी परेको छ । खुला सदस्यमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचालले उम्मेदवारी दिएका छन् । 


बुटवल उपमहानगरबाट लालहरि पाण्डे र जमुना पोखरेल, तिलोत्तमाबाट विशाल बेल्वासेले उम्मेदवारी दिएका छन् । रूपन्देही उद्योग संघको ४३औँ साधारणसभा तथा २२औँ अधिवेशनमा संघको आगामी नेतृत्वका लागि २१ असोजमा उम्मेदवारी मनोनयनको तालिका छ ।