close

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैन : वरिष्ठ नेता पौडेल

Trulli
ADVERTISEMENT

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन् । धनगढीको गेटा विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरे । 

 

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो  संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले   छिटै चुनाव हुननसक्ने बताए । संविधान जोगाउन आफूहरु अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उनले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्छ भने  । नेता पौडेलले  एमसिसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताए । 

 

नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नाको विकल्प नभएको उनको भनाइ थियो ।    नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिए ।