close

एमाले खोटाङका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व

एमाले खोटाङका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व

Trulli
ADVERTISEMENT

खोटाङ– नेकपा एमाले खोटाङका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुंगो लगाएको हो ।


साविक सदरमुकाम रहेको जिल्लाकै ठूलो नगर दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको अध्यक्षमा गोपाल आचार्य, हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली राई सर्वसम्मत चयन भएका छन् ।


यस्तै, आठ गाउँपालिकामध्ये रावाबेँसीमा बलराम रिजाल, केपिलासगढीको अध्यक्षमा खगेन्द्र राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, 
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा कृष्ण कार्की, साकेला गाउँ कमिटीको अध्यक्षमा आश्विनचन्द्र राई , खोटेहाङ अध्यक्षमा विकास राई, जन्तेढुंगाको अध्यक्षमा यमकुमार राई, वराहपोखरीको अध्यक्षमा दीर्घ मगर सर्वसम्मत चयन भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।


पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्थाअनुसार जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाएका छन् । ७९ वडामध्ये ६ देखि ८ कात्तिकसम्म ७८ वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीको अधिवेशन हुन बाँकी छ ।  ७८ वडा अधिबेसनबाट २ हजार ४ सय १८ जना नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् ।