close

एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी 

एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेकपा एमालेको आउँदो १० देखि १२ मंसिरसम्म चितवनमा हुने १०औँ महाधिवेशनका लागि एमाले लुम्बिनीले तयारी तीव्र पारेको छ । एमाले लुम्बिनीले चितवनमा हुन लागेको महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी गराइने बताएको हो ।

 

महाधिवेशन प्रचार–प्रसार समिति लुम्बिनीले बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले लुम्बिनी अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न तयारी भइरहेको बताउँदै लुम्बिनीबाट ७५ हजार सहभागिता जनाउने योजना रहेको बताए ।

 

महाधिवेशनमा लुम्बिनीका १२ वटै जिल्लाबाट ७५ हजार सहभागी गराउने योजनाअनुरूप तयारी थालिएको उनको भनाइ
छ । रूपन्देहीबाट मात्रै २२ हजार सहभागी हुने अध्यक्ष गिरीले जानकारी दिए ।

 

कार्यक्रममा महाधिवेशन प्रचार–प्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसी, एमाले प्रचार–प्रसार विभाग केन्द्रीय सदस्य डिआर घिमिरे, प्रचार–प्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचार–प्रसार रूपन्देहीका प्रमुख मोहन चापागाईं, महाधिवेशन प्रचार–प्रसार लुम्बिनीका सदस्य शेरबहादुर केसीलगायत सहभागी थिए ।