close

वडा सम्मेलनमार्फत माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

वडा सम्मेलनमार्फत माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले शनिबार देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र भोलिसम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए । 

 

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र भोलिसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनले बताए । माओवादीले आजका लागि देशरभका ६ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो । 

 

पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । 
    
ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

 

माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ । शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए । 

 

सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उनले बताए । ललितपुरमा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा २९, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा रहेका छन् । यस्तै, वाग्मती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र महाङ्काल गाउँपालिकामा ६ वटा वडा छन् ।