close

कांग्रेसस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी

कांग्रेसस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी

Trulli
ADVERTISEMENT

तनहुँ– नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिनुभएका अधिकांश जनप्रतिनिधि निर्वाचित भएका हुन् । 

 

निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी भएका छन् । सोही प्रदेशसभाको सभापतिमा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी भएका छन् ।

 

यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ ९क० अधिवेशनबाट व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापा, व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास–८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । 

 

तनहुँ क्षेत्र नम्बर २ (क) बाट माग्दे गाउँपालिका–१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे–३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे–४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ (ख) मा ऋषिङ गाउँपालिकाकी–७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । 

 

जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भएका छन् । यसैगरी व्यास नगरपालिका–२ की वडा सदस्य राधिका परियार तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भएका छन् ।