close

रूपन्देहीका १० मध्ये ९ वटा प्रदेशसभा क्षेत्रीय समितिको परिणाम सार्वजनिक 

रूपन्देहीका १० मध्ये ९ वटा प्रदेशसभा क्षेत्रीय समितिको परिणाम सार्वजनिक 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत रूपन्देहीका १० प्रदेश सभा क्षेत्रीय समितिमध्ये ९ वटाको परिणाम आएको छ । एउटा निर्वाचन क्षेत्रको भने पार्टीमा दुई पक्षको विवादका कारण मतगणना बीचमै रोकिएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।


रूपन्देही क्षेत्र ३ ‘क’ को विवादका कारण मतगणना बीचमै रोकिएको हो । निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार दुवै पक्ष सहमतिमा गएपछि मतगणना अगाडि बढ्नेछ ।


रूपन्देहीका क्षेत्र १ अन्तर्गत प्रदेश ‘क’ एवं ‘ख’ मा क्रमशः नवीन आचार्य र मदनप्रसाद पोखरेलको प्यानल विजय भएको छ । क्षेत्र १ को प्रदेश ‘क एवं ‘ख’ दुवैमा सभापति शेरबहादुर देउवा समूहले जित हात पारेको छ ।

 

क्षेत्र २ अन्तर्गत प्रदेश ‘क’ र ‘ख’ मा क्रमशः खड्गबहादुर महत र पर्शुराम ढकालको प्यानल विजयी भएको छ । प्रदेश प्रतिनिधिमा भने दुवै क्षेत्रमा २÷३ जना अर्को प्यानलका उम्मेदवार विजयी भएका छन् । 


क्षेत्र २ मा संस्थापन इतर समूहका उम्मेदवारले जित निकालेका छन् । क्षेत्र ३ प्रदेश ‘ख’ मा घनश्याम चालिसेको प्यानल विजयी भएको छ । क्षेत्र ३ ‘क’ मा दुई पक्षबीचको विवादका कारण मतगणना बीचमै रोकिएको छ । 


क्षेत्र ३ ‘ख’ मा संस्थापन समूहको प्यानल विजयी भएको छ । क्षेत्र ४ को ‘क’ र ‘ख’ मा क्रमशः शिवकुमार यादव र श्रीराम यादवको प्यानल विजयी भएको छ । क्षेत्र ४ को दुवै प्रदेशमा संस्थापन इतर समूहको प्यानल विजयी भएको छ ।


त्यस्तै, क्षेत्र ५ ‘क’ मा रामबहादुर थापाको प्यानल निर्वाचित भएको छ भने ‘ख’ को सभापतिमा बिन्दराम यादवसहित सबै पदाधिकार तथा प्रदेश प्रतिनिधि निर्विरोध भएका छन् ।


रूपन्देहीको क्षेत्र ५ नेता भरतकुमार शाहको निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रमा नेता शाहको बलियो पकड रहेकाले उनले जुन समूहलाई साथ दिन्छन्, त्यही समूह विजयी हुने देखिएको छ । पार्टीको संस्थापन समूहमा रहेका नेता शाह अहिले संस्थापन इतर समूह नजिक देखिए पनि खुलिसकेका छैनन् ।