close

सकियो कांग्रेसको काठमाडौँ प्रदेशसभा अधिवेशन

सकियो कांग्रेसको काठमाडौँ प्रदेशसभा अधिवेशन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो ।

 

पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो । क्षेत्र नं १ ‘क’ मा प्रल्हादबहादुर कार्की र ‘ख’ मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को ‘क’ मा धुव्र अधिकारी र ‘ख’ मा उद्धव खड्का, क्षेत्र नं ३ को ‘क’ मा श्रीराम चालिसे र ‘ख’ मा विमल ठकुरी, क्षेत्र नं ४ को  ‘क’ मा विमलकुमार होडा र ‘ख’ मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन् । 

 

यस्तै क्षेत्र नं ५ को ‘क’ मा दिनेश डंगोल र ‘ख’ मा राजु खड्का, क्षेत्र नं ६ को ‘क’  मा ख्यामराज तिवारी र ‘ख’ मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को  ‘क’ मा नवीन मानन्धर र ‘ख’ मा वासुदेव लामा सभापतिमा निर्वाचित भएका छन् । 

 

यसैगरी क्षेत्र नं ८ को ‘क’ मा ईन्द्रमानसिंह सुवाल र ‘ख’ मा शिव खनाल, क्षेत्र नं ९को ‘क’ मा मोहनबहादुर बस्नेत र ‘ख’ मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को ‘क’ मा शैलेश मानन्धर र ‘ख’ मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।