close

युवा संघले ६० जिल्लामा कमिटी बनायो

युवा संघले ६० जिल्लामा कमिटी बनायो

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी एकीकृत–समाजवादी निकट युवा संघले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ । 
    
 देशभर संगठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै संघले नगर तथा वडामा संगठन निर्माण गर्नेक्रम जारी रहेको जनाएको छ । अहिलेसम्म पूर्वाञ्चल र गण्डकीमा भेला सम्पन्न गरेको सङ्घको वाग्मती प्रदेश भेला सोमबार काठमाडौँमा हुन लागेको बताइएको छ । 

 

संघका इञ्चार्ज दीलकुमारी पन्तले मुलुकमा शान्ति, सुशासन, स्थायित्व कायम गर्न देशव्यापी प्रशिक्षण, विभिन्न सन्देशमूलक अभियानलगायत राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । 


    
भ्रटाचारमुक्त समाज निर्माणका लागि खबरदारी, सभा, गोष्ठी, मूल्यवृद्धिविरुद्ध रचनात्मक कार्य गर्दै आएको संगठननले विभिन्न स्थानमा सरसफाइसमेत गरेको छ । परिवर्तित अवस्थामा सांगठनिक गतिविधि गर्नुपरेका कारण तथा नयाँ पार्टी निर्माणको औचित्यबारे स्थानीय तहदेखि नै जनतलाई बुझाउने, उनीहरुका समस्यालाई केन्द्रमा राखेर समाधानका लागि समन्वय गर्ने कार्यमा संघ क्रियाशील रहेको जनाइएको छ ।

 

समाजमा विकास र समृद्धि प्राप्तिका लागि युवा लक्षित कार्यक्रम तय गर्न सबै प्रदेशले आआफ्नो विशेषता तथा आवश्यकताअनुसार कार्य योजना बनाइरहेको संघका अध्यक्ष नरेश शाहीले बताए ।