close

पाँचथर कांग्रेस अधिवेशनमा मतदान जारी

पाँचथर कांग्रेस अधिवेशनमा मतदान जारी

Trulli
ADVERTISEMENT

पाँचथर– आइतबारदेखि जारी नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । सदरमुकामस्थित निर्माणाधीन सिटीहलमा सोमबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

 

१ हजार ८६ मतदाता रहेको अधिवेशनमा दिउँसो १ बजेसम्ममा करिब ४ सयले मतदान गरिसकेको सहायक निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए । जिल्लामा यसपल्ट सुरेन्द्रकुमार दाहाल र रुपनारायण जवेगु प्यानलसहित चुनावी स्पर्धामा उत्रिएका छन् ।

 

दाहाललाई निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङको साथ छ जवेगुलाई केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले सघाएका छन् । दाहाल पक्षबाट उप–सभापतिमा बिर्जहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ, सचिवमा धनराज तुम्बापो र डेकेन्द्रकुमार तामाङ, सह–सचिवमा कृष्ण फियाक र सन्तोष श्रेष्ठ उम्मेदवार छन् । 

 

जवेगु पक्षबाट मणिचन्द्र चेम्जोङ र समर अधिकारी उप–सभापति, दीपक नेपाल र शुभराज थापा सचिव, गजेन्द्र राई र धनसिंह नेम्बाङ सह–सचिवका उम्मेदवार छन् । सचिवका लागि एकराज नेम्बाङले उम्मेदवारी दिएका छन् । भूगोल तथा आरक्षणका सदस्य र महाधिवेशन प्रतिनिधिका लागि पनि चुनावी स्पर्धा हुँदै छ । 


प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा जवेगु पक्ष र ‘ख’ मा दाहाल पक्षीय उम्मेदवार सभापतिमा विजयी भएका छन् । योसँगै जिल्ला नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।