close

परशुराका नगरप्रमुख भिमबहादुर साउद कांग्रेस डडेल्धुराको सभापतिमा निर्वाचित 

परशुराका नगरप्रमुख भिमबहादुर साउद कांग्रेस डडेल्धुराको सभापतिमा निर्वाचित 

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चुुडामणि ठकुुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

 

जिल्ला निर्वाचन समितिकाअनुसार साउँदले ठकुुराठीलाई ठूलो मतान्तरले पराजित गरेका छन् । साउँदले ७३४ मत पाउँदा ठकुुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

 

उपसभापतिममा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् भने सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भए ।

 

कांग्रेस डडेल्धुराका तत्कालीन पार्टी सभापति कर्ण मल्लपक्षले असंवैधानिक तवरले वितरण गरिएका क्रियाशील सदस्यता खारेज गरेर पुनः वडा तहदेखिका अधिवेशन गर्न माग गरिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने मल्लपक्षीय नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेका छन् ।