close

पाल्पा कांग्रेसको क्षेत्रीय अधिवेशनमा पौडेल समूहको वर्चस्व

पाल्पा कांग्रेसको क्षेत्रीय अधिवेशनमा पौडेल समूहको वर्चस्व

Trulli
ADVERTISEMENT

पाल्पा–लुम्बिनी प्रदेशको पाल्पामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूह क्लिन स्विप भएको छ ।  २ निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा देउवा समूहले हारेको हो ।


पाल्पाको क्षेत्र १ मा पौडेल समुहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ । सभापतिमा विजयी मगरले ४८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी संस्थापन समूहबाट सभापतिका उम्मेदवार विष्णु बम्रेलले १०२ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका उम्मेदवार विजयी भएका छन् ।

 

त्यस्तै, क्षेत्र २ मा पनि पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । क्षेत्र २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भए भने महाधिवेशन प्रतिनिधिमा पनि सोही समूहका उम्मेदवारले बाजी मारे । जिसीले ४६० मत प्राप्त गर्दा देउवा समूहबाट प्रतिस्पर्धा गरेका यादवसिंह कार्कीले २१४ मत प्राप्त गरे ।