close

तिलोत्तमा नगरप्रमुख घिमिरेको एमाले केन्द्रीय खुला सदस्यमा उम्मेदवारी घोषणा

तिलोत्तमा नगरप्रमुख घिमिरेको एमाले केन्द्रीय खुला सदस्यमा उम्मेदवारी घोषणा

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । एमाले केन्द्रीय स्थानीय तह विभाग सदस्यसमेत रहेका नगरप्रमुख घिमिरेले केन्द्रीय खुलातर्फको सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् ।


घिमिरेले एमालेमा रहेर पार्टी र तिलोत्तमाबासीको भरोसा जित्न सफल भएकाले उम्मेदवारी घोषणा गरेको बताए । रूपन्देहीबाट बुटवल उपमहानगरका पूर्वप्रमुख तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्य पनि केन्द्रीय सदस्यका नयाँ आकांक्षी रहेको बताइएको छ ।