close

एमाले दसौँ महाधिवेशनमा अध्यक्ष ओलीको सम्बोधन : अबको चुनावमा एकल बहुमत 

एमाले दसौँ महाधिवेशनमा अध्यक्ष ओलीको सम्बोधन : अबको चुनावमा एकल बहुमत 

Trulli
ADVERTISEMENT

काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी ओली चितवनको नारायणी नदी किनारमा सुरु भएको पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा आफू सरकारमा भएका बेला अप्ठेरो पार्नेहरूले प्रधानमन्त्रीलाई पनि अवरोध सिर्जना गरिरहेको दाबी गरेका छन् ।

 

कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई पनि काम गर्न अप्ठेरो भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीजी सायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीलाई काम गर्न गाह्रो छ । मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरू आज उहाँ (प्रधानमन्त्री) को खुट्टा समातिरहेका छन् ।’ 

 

अध्यक्ष ओलीले एमाले अब चुनावको तयारीमा जुट्ने बताए । ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौँ । आउँदो चुनावमा एकल बहुमत ल्याउनेछौँ । पार्टीका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी छ ।’ 

 

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा मुलुकले पूर्वाधारमा फड्को मारेको दाबी गरे । आफ्नै पार्टीभित्र काम गर्न नदिइए सरकारले हुलाकी राजमार्गदेखि सुरुङमार्गसमेत निर्माण सुरु गरेको बताए । बहुमतको सरकारलाई काम गर्न नदिएर बाधा–व्यवधान र अड्चन थापिएको उनको दाबी छ ।