close

तनहुँका पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन 

तनहुँका पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन 

Trulli
ADVERTISEMENT

दमौली– नेकपा (माओवादी केन्द्र) ले तनहुँका सबै पालिकामा एकैसाथ अधिवेशन गरेको छ । जिल्लाका दशवटै पालिकामा माओवादी केन्द्रले एकसाथ अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशन सम्पन्न भएर केही पालिकामा नेतृत्व चयन भइसकेको छ भने केही पालिकामा सहमतिको प्रयास भइरहेको जनाइएको छ ।

 

भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल चयन भएका छन् । अधिवेशनबाट कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थाप चयन भएका छन् । 

 

ऋषिङ गाउँ कमिटीको अधिवेशनबाट वीरबहादुर थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी र सात सदस्यीय सल्लाहकार कमिटी गठन गरेको माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिए । गाउँकमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला अलो, बसन्त सदाशङ्कर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका हुन् ।

 

म्याग्दे गाउँकमिटीको अधिवेशनबाट दिलबहादुर नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, डण्डमान श्रेष्ठ, सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशङ्कर र कोषाध्यक्षमा शुकराम नेपाली चयन भएका छन् । 

 

घिरिङ कमिटीको अध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा गोविन्दराज काफ्ले, विनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन भएका छन् । शुक्लागण्डकी नगरकमिटीको अधिवेशनले पदाधिकारीबाहेक सदस्य चयन गरेको छ । पदाधिकारीपछि तोक्नेगरी ६५ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको माओवादी शुक्लागण्डकी नगर कमिटीका नेता मनराज गुरुङले जानकारी दिए  ।

 

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।