close

कांग्रेस दाङको सभापतिमा डाँगी

कांग्रेस दाङको सभापतिमा डाँगी

Trulli
ADVERTISEMENT

दाङ– नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७ सय ७६ र अर्का उम्मेदवार भूपबहादुर डाँगीले ५ सय ४५ मत प्राप्त गरे । त्यस्तै, सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत पाए ।


प्रथम हुने उम्मेदवारको ५ सय १५ मत नआएपछि सभापतिका लागि आइतबार पुनः निर्वाचन हुने भनिए पनि सहमतिपछि डाँगी जिल्ला सभापति भएको निर्वाचन समितिले जनाएको छ ।


सभापति पदका मुख्य प्रतिस्पर्धी भूपबहादुर डाँगी र शंकर डाँगीबीच भएको समहतिपछि शंकर जिल्ला सभापति भएका हुन् । प्रतिस्पर्धी भूपबहादुरले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरिएको हो । विद्यार्थी राजनीतिबाट कांग्रेस प्रवेश गरेका डाँगी पार्टीमा जुझारु नेता मानिन्छन् । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापति भएका हुन् ।