close

हुम्लाका छ गाउँपालिकामा माओवादी अधिवेशन सम्पन्न 

हुम्लाका छ गाउँपालिकामा माओवादी अधिवेशन सम्पन्न 

Trulli
ADVERTISEMENT

सिमकोट– सात वटा गाउँपालिका रहेको हुम्लामा छ वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गरेको छ । हुम्लामा सुरु भएको अधिवेशनमा छ पालिकामा माओवादी केन्द्रले पालिका कमिटी चयन गरेको छ ।


      
सात पालिका रहेको हुम्लामा नाम्खा गाउँपालिकामा यसभन्दा पहिले पालिका अधिवेशन सम्पन्न भएर प्रेम लामालाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान), ताँजकोटमा अकवीर खड्का, अदनचुलीमा हरिदल पुन, चङ्खेलीमा कालीबहादुर बुढा (कुशल) र सर्केगाढ गाउँपालिकामा चन्द्रसिंह कार्की सर्वसम्मतिमा कमिटी गठन गरेको माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा पूर्वसभासद छिमीर्दोजे लामाले जानकारी दिए । 


    
जिल्लाको एकमात्रै खार्पुनाथ गाउँपालिकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । खार्पुनाथ गाउँपालिकामा सहमति हुन नसकेपछि अधिवेशन उद्घाटन गरेर स्थगित गर्नुपरेको पूर्वपालिका अध्यक्ष सजक रावलले जानकारी दिए । गठन हुन नसकेका पालिकामा पनि छिट्टै सहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लामाले बताए । पार्टीको नीतिअनुसार प्रत्येक गाउँपालिकामा ५५ सदस्सीय पालिका कमिटी गठन गरिएको लामाले बताए ।