close

गुल्मी कांग्रेस सभापतिमा पन्थी निर्वाचित 

गुल्मी कांग्रेस सभापतिमा पन्थी निर्वाचित 

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेस गुल्मीको १४औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा सभापतिमा खिलध्वज पन्थी विजयी भएका छन् । संस्थापन इतर पन्थीले १२७१ मत ल्याए भने प्रतिद्वन्द्वी कालीगण्डकी गाउँपालिका अध्यक्षसमेत रहेका वेदबहादुर थापाले ३८४ मत प्राप्त गरे ।


यस्तै, शिव केसी उपसभापति निर्वाचित भए । केसी धुर्काेट गाउँपालिका उपाध्यक्ष हुन् । केसीले १ हजार ३३ मत ल्याएर निर्वाचित भए । यस्तै, उपसभापतिमा अनन्तराम पौडेलले ११८७ मत ल्याएर निर्वाचित भए । सचिवमा जगदीश भट्टराई ९९१ र भगतसिंह खड्का १०२२ मत ल्याएर निर्वाचित भए । सह–सचिवमा छवि पाण्डे ११३३ र धर्मराज पाण्डेले ८५० मत ल्याई विजयी भए ।

 

५ जना सदस्यतर्फ कृष्णप्रसाद पोखरेल ७९५, धीरेन्द्र केसी ७००, पदमबहादुर विष्ट ८६३, लीलाधर आचार्य ७६५ र लोकप्रसाद खरेल ७८७ मत ल्याएर विजयी भए । गुल्मीका अधिकाशं प्रदेश, जिल्ला र संघीय प्रतिनिधि पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् ।