close

कांग्रेस उदयपुर प्रदेशसभा १ ‘ख’ मा बस्नेतको प्यानल घोषणा

कांग्रेस उदयपुर प्रदेशसभा १ ‘ख’ मा बस्नेतको प्यानल घोषणा

Trulli
ADVERTISEMENT

उदयपुर– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पछिल्लो तालिकाअनुसार ३ मंसिरमा हुने प्रदेशसभा अधिवेशनका लागि उदयपुर प्रदेशसभा १ ‘ख’ को उम्मेदवारी घोषणा गरिएको छ । उदयपुरको प्रदेशसभा १ ‘ख’ मा कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापति भएका सरोजकुमार बस्नेत नेतृत्वको प्यानल घोषणा गरिएको हो ।


प्रदेशसभा १ ‘ख’ का लागि उपसभापतिमा उद्धवबहादुर राउत, चन्द्रबहादुर तामाङ, सचिवमा फिरन खड्का, कुवेर ग्रान्जा मगर, सहसचिवमा लक्ष्मणप्रसाद भट्टराई, अर्चना दनुवारलाई उम्मेदवारका रूपमा घोषणा गरिएको हो । यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधि खुला ७ जनातर्फ उद्धवकुमार थापा, सञ्जीवकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहाललाई उम्मेदवारको रूपमा अघि सारिएको छ । 


महिला खुला ३ जनातर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रीता कार्की खड्का, खस आर्य पुरुषतर्फ नरेश ढकाल, महिलामा गोमा कटुवालको उम्मेदवारी घोषणा गरिएको छ । जनजाति पुरुषतर्फ भक्तबहादुर मगर, जनजाति महिलातर्फ मिराहाङ वान्तवा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुव साह सोनारको उम्मेदवारी घोषणा गरिएको छ । 

 

क्षेत्रीय कार्यसमितिमा निर्वाचित हुने ३ सदस्यतर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मीना दनुवारको नाम घोषणा गरिएको छ । त्यसैगरी उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र सुशील खत्रीको उम्मेदवारी घोषणा गरिएको छ । कार्यक्रममा कांग्रेस केन्द्रयी सदस्य लक्ष्मी परियारले क्षेत्रीयमा खगेन्द्र राई र प्रदेशतर्फ सरोजकुमार बस्नेत नेतृत्वको समूह समावेशी रहेकाले जित निश्चित भएको दाबी गरिन् ।


कांग्रेस उदयपुरका पूर्वपार्टी सभापति तथा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले उदयपुर कांग्रेसलाई बलियो र संगठित गर्न राई र बस्नेत नेतृत्वको टोलीलाई साथ दिनुपर्ने बताए । क्षेत्रीय सभापतिका उम्मेदवार चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राई, प्रदेशसभा सभापतिका उम्मेदवार सरोज बस्नेतले कांग्रेसलाई संगठित गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य संजा दनुवार, कांग्रेस चौदण्डीगढी नगर सभापति राजेन्द्र पौडेल, त्रियुगा नगर सभापति प्रकाशकुमार खड्कालगायतले शुभकामना दिएका थिए ।