close

एमाले जुम्लाले छान्यो २२५ प्रतिनिधि

एमाले जुम्लाले छान्यो २२५ प्रतिनिधि

Trulli
ADVERTISEMENT

जुम्ला– नेकपा एमालेको दसौँ केन्द्रीय महाधिवेशन आगामी १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । चितवनमा हुने दसौँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट २२५ जना जिल्ला प्रतिनिधि र ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले जुम्लाले जनाएको छ ।


शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी आउँदो १०–१२ मंसिरसम्म हुने दसाँै महाधिवेशन सफल पार्न जुम्लाका ८ वटै स्थानीय तहबाट प्रतिनिधि छनोट सकिएको प्रचार विभाग प्रमुख सुमन आर्चायले बताए ।


उनका अनुसार एमाले जुम्लाले ६० वटै वडा कमिटी, नगर र गाउँपालिका स्तरीय कमिटी सर्वसम्मत चयन गरेको छ । समितिमा ७५१ महिला र २४४५ जना पुरुष गरी जम्मा ३१९६ जना चुनिएका छन् ।

 


संगठित सदस्यको आधारमा २२ प्रतिशत महिला, १३ प्रतिशत दलित, खुला र समावेशी गरि १५ बराबर १ जना जिल्ला प्रतिनिधि छनोट भएका छन् ।  एमाले दसौँ केन्द्रीय महाधिवेशनमा जुम्लाबाट ७ जना प्रतिनिधिले भाग लिने भएका छन् । खुलाबाट ४, महिला २ र १ जना दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिने एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले बताए । जुम्लाको पार्टी फुटको कुनै असर नपरेको उनले दाबी गरे ।

 

अधिवेशन मूल व्यवस्थापन समिति संयोजक जयबहादुर खत्रीले एमालेको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटको सबै तयारी पूरा भएको जानकारी दिए ।