close

भक्तपुरमा एमाले महाधिवेशन प्रतिनिधि चयन

भक्तपुरमा एमाले महाधिवेशन प्रतिनिधि चयन

Trulli
ADVERTISEMENT

भक्तपुर– नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरबाट प्रतिनिधि चयन गरिएको छ । १०–१२ मंसिरसम्म चितवनको नारायणगढमा हुने महाधिवेशनका लागि बिहीबार एमाले जिल्ला कमिटीले प्रतिनिधि चयन गरेको हो । 


महाधिवेशनमा भाग लिन जाने आकांक्षी बढी भएपछि गत २६ कात्तिकमा एमाले केन्द्रीय र जिल्ला तहका नेताहरूले मिलाउने प्रयास गरेका थिए । तर आधा मात्रै सफल भएपछि २७ कात्तिकमा चुनाव गरिएको थियो । 


जिल्लामा २ निर्वाचन क्षेत्र छन् । १ निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छानिएको छ । संगठित सदस्यको आधारमा उक्त क्षेत्रबाट ४ खुला र २ जना महिला महाधिवेशन प्रतिनिधि शनिबार चुनिएका हुन् ।

 

निर्वाचन क्षेत्र १ बाट बिना बास्तोला, शम्भुप्रसाद दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, नारायणी फुयाल विजयी भएका छन् । २ नम्बर निर्वाचन क्षेत्रबाट सर्वसम्मत छानिएका एमाले महाधिवेशन प्रतिनिधिमा राजेन्द्र राजथला, शशिजंग थापा, निर्मलकुमार भट्टराई, भाष्कर प्रधानांग, वचन देउजा, वासुदेव थापा, मदनसुन्दर श्रेष्ठ चयन भएका छन् । 

 

एमालेका अनुसार महिला प्रतिनिधिमा उत्तरा नेपाल, भागीरथा सिटौला, तारा खड्का बस्नेत चयन भएका छन् । समावेशीतर्फ जिल्ला कमिटी सदस्य दीपक विशंखे चयन भएका छन् ।