close

सात वटै प्रदेशमा राप्रपाको नयाँ नेतृत्व

सात वटै प्रदेशमा राप्रपाको नयाँ नेतृत्व

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अधिवेशनबाट ७ वटै प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ । प्रदेश १ मा राम थापा, प्रदेश २ मा भरत गिरी, बागमतीमा विक्रमबहादुर थापा, गण्डकीमा हेमजंग गुरुङ, लुम्बिनीमा प्रदीप उदय, कर्णालीमा दीपबहादुर शाही र सुदूरपश्चिममा धर्मराज जोशी अध्यक्ष चयन भएको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले बताए ।


प्रदेश अधिवेशनमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि मतदानबाट अध्यक्ष चयन भएका हुन् । पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेको राप्रपाले ११, १२ र १३ मंसिरमा संघीय राजधानी काठमाडौंमा महाधिवेशन गर्दै छ ।