close

बन्दमा विप्लव कार्यकर्ताले गरे सडक सफाइ 

बन्दमा विप्लव कार्यकर्ताले गरे सडक सफाइ 

Trulli
ADVERTISEMENT

दाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दाङमा रचनात्मक काम गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ् । मंगलबारको नेपाल बन्दका क्रममा दाङको तुलसीपुर बजारमा सरसफाइ र मेटिएका ट्राफिक चिह्नलाई व्यवस्थापन गरेका छन् । बन्दकर्ताले सडक सरसफाइ र ट्राफिक चिह्न व्यवस्थापन गरेर रचनात्मक काम गरेका हुन् ।


बन्दकर्ताले कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसमेत गरेका छन् । राजनीतिक कार्यकर्तारुले समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको नेकपाका नेता हेमन्त प्रकाश वलीले बताए ।


‘सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेका हौँ’, उनले भने, ‘मूल्यवृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ ।’ बन्दको समय सफा गरे नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएका बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने उनको भनाइ ।

 

लामो समयदेखि जेब्राक्रसिङ मेटिँदै गएको अवस्था हुँदासमेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए । सडकमा यात्रा गर्नेलाई अब सहज हुने सर्वसाधारण बताउँछन् ।