close

एमाले गएका पूर्वमाओवादीलाई चिठ्ठा

एमाले गएका पूर्वमाओवादीलाई चिठ्ठा

Trulli
ADVERTISEMENT

काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले फुटाइदिएपछि केपी ओलीकै पार्टीमा रहेका पूर्वमाओवादी नेताहरूले एमालेको चितवन महाधिवेशनमा पनि सम्मानजक भोट ल्याएका छन् ।


नेकपा माओवादी केन्द्र ब्युँतिएपछि एमाले नछाडेकाहरूलाई एमाले अध्यक्ष ओलीले सरकार र पार्टीको विभिन्न पदमा स्थान दिँदै आएका थिए । दुई पार्टी एक हुनुअघि २ जेठ २०७५ अघि उनीहरू नेकपा माओवादी केन्द्रमा रहेका थिए ।


तत्कालीन नेकपा विभाजनपछि आफूलाई साथ दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको मनोविज्ञानलाई बुझेरै ओलीले उनीहरूलाई बिच्काएका थिएनन् । त्यसको परिणाम चितवन महाधिवेशनले पनि देखाएको छ । 


सर्वोच्चबाट एमाले र माओवादी अलग पार्टी बनेको फैसलापछि पनि आफूसँगै रहेको माओवादी पंक्तिलाई विचलित हुन नदिन ओलीले कुनै कसर बाँकी राखेनन् । सरकारमा ७ जनासम्म मन्त्री, तत्कालीन केन्द्रीय कमिटीमा २३ जना केन्द्रीय सदस्य बनाएका ओलीले १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तत्कालीन माओवादीलाई करिब १२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।


१९ पदाधिकारीमध्ये ३ जना पूर्वमाओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन् । माओवादी छाडेर एमालेमा रहँदा केन्द्रीय कमिटीमा परेका विषमलाल अधिकारी दनुवारबाहेक सबैले निरन्तरता पाएका हुन् ।


तत्कालीन माओवादीबाट नेकपा विभाजनपछि एमालेमा बसेका करिब एक दर्जन नयाँ अनुहारले एमाले केन्द्रीय कमिटीमा प्रवेश पाएका छन् भने अन्यले विभिन्न आयोगको सदस्यमा जिम्मेवारी पाएका छन् ।


एमाले महाधिवेशनमा करिब डेढ सय जना तत्कालीन माओवादीका नेता कार्यकर्ता प्रतिनिधि बनेको बताइएको छ । यद्यपि यो तथ्यांक अझ ठूलो हुन सक्छ । तत्कालीन नेकपा स्थायी कमिटीमा रहेका चार जना पूर्वमाओवादी स्थायी कमिटी सदस्यले विभाजनको बेला ओलीलाई साथ दिएका थिए । तीमध्ये रामबहादुर थापा चितवन महाधिवेशनबाट उपाध्यक्ष बनेका छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्टले सचिव पद जितेका छन् ।


मणि थापा र प्रभु साह स्थायी कमिटीमा रहने बताइएको छ । यस पटक तत्कालीन माओवादीबाट संविधानसभा सदस्य भइसकेका निरु दर्लामी कुँवर, बुधनीदेवी महतो, प्रतीक्षा तिवारीलगायतका महिला केन्द्रीय कमिटीमा थपिएका छन् ।

 

त्यस्तै, पूर्वमन्त्री श्रीप्रसाद जगेबु, संविधासनभा सदस्य बालकृष्ण ढुंगेललगायत नयाँ अनुहार एमाले केन्द्रीय कमिटीमा प्रवेश भएका छन् ।
यस्ता छन् एमालेमै रहेका पूर्वमाओवादी नेताको जिम्मेवारी ?


रामबहादुर थापा : उपाध्यक्ष
लेखराज भट्ट : सचिव

टोपबहादुर रायमाझी : सचिव

केन्द्रीय सदस्यहरू

प्रदेश १
टंक आङबुहाङ

श्रीप्रसाद जगेबु

पासाङ शेर्पा

बालकृष्ण ढुंगेल

प्रदेश २
उपेन्द्र साह
प्रभु साह

रामचन्द्र मण्डल

ज्वालाकुमारी साह

कुन्दन कुशवाह

मोहम्मद समिर

टेकबहादुर बलम्पाकी मगर

बुधनीदेवी महतो

प्रतीक्षा तिवारी

बागमती
दाबा तामाङ
कमलप्रसाद चौलागाईं

मनोजजंग थापा

निरु दर्लामी कुँवर

गण्डकी
लिलबहादुर थापा

लुम्बिनी

मणि थापा

नवीन रोका मगर

गिरिधारीलाल न्यौपाने

दिनेश पन्थी

चन्द्रबहादुर खड्का

दधिराम न्यौपाने

कर्णाली

धर्मराज रेग्मी

सुदूरपश्चिम
झपट बोहरा

गौरीशंकर चौधरी

लीलाकुमारी भण्डारी

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा कसले कति पाए भोट
एमालेको खुलातर्फको ८४ सदस्यका लागि भएको निर्वाचनमा देवी ज्ञवालीले सबैभन्दा बढी १८७७ मत प्राप्त गरेका छन् । चितवनका ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँगको निर्वाचनमा भरतपुर महानगरको नगरप्रमुखमा उम्मेदवार भएका थिए । ज्ञवालीपछि दोस्रो लोकप्रिय मत ठाकुर गैरेले पाएका छन् भने तेस्रो लोकप्रिय मत किरण गुरुङले पाएका छन् ।

खुलातर्फ केन्द्रीय सदस्यको मत :

अग्नि खरेल १७८४
अच्युत मैनाली १७६३
अरुण नेपाल १७८४
कपिलदेव पोखरेल १५७७
कमल चौलागाई १७४०
कर्णबहादुर थापा १७०५
काशीनाथ अधिकारी १८०६
किरण गुरुङ १८११
किरण पौडेल १६४४
किशोरविक्रम मल्ल १७८७
कुमार दशौंदी १६५०
कृष्णगोपाल श्रेष्ठ १७४५
कृष्णप्रसाद दाहाल १७११
कृष्णप्रसाद पौडेल १६७७
कृष्णबहादुर थापा १७२६
खगराज अधिकारी १७९७

खड्गबहादुर खड्का १५८८
खिमलाल भट्टराई १७६९
गणेश पहाडी १७८१
गणेश ठगुन्ना १७३५
गिरिधारीलाल न्यौपाने १६२९
गुरु बराल १७३०
गोकुल बाँस्कोटा १७१२
गोरखबहादुर बोगटी १७५०
गोविन्द थापा १६०८
घनश्याम पाण्डे १७२७
घनश्याम भुसाल १२६५
चेतनारायण आचार्य १६५०

चन्द्रबहादुर खड्का १६६२
जगन्नाथ थपलिया १७१६
जीवन घिमिरे १७२२
झपट रावल १७२५
ठाकुर गैरे १८३२
राजन भट्टराई १७५९
दधिराम न्यौपाने १६४१
दयालबहादुर शाही १७१५
दल रावल १६७२
दिवाकर देवकोटा १६२७
देवराज घिमिरे १७५२
देवी ज्ञवाली १८७७
देवेन्द्र दाहाल १७०३
नरबहादुर धामी १७१८
नवराज रावत १७०४
नारायण सिलवाल १६४४
निर्मल भट्टराई १४८०
पठानसिंह बोहरा १६४४
परशुराम मेघी गुरुङ १७८३
पार्वत गुरुङ १७९७
पुरुषोत्तम पौडेल १८०६
प्रकाश शाह १७१४
बलराम अधिकारी १६९०
बालकृष्ण ढुंगेल १६६६
भानुभक्त ढकाल १७९९
भीम आचार्य १३९३
भीम कार्की १५९२
भीम रावल ९०४
मणि थापा १६९१
मनोजजंग थापा १५४२
महेश बस्नेत १७२५
माधव अर्याल १६६९
यज्ञराज सुनुवार १७५२
यमलाल कँडेल १७२०
रघुजी पन्त १७२५
रविन कोइराला १६०४
रवीन्द्र अधिकारी १६९६
राजबहादुर बुढा १६००
राम राना १५४६
राजीव पहारी १६३६
रामशरण बस्नेत १५९३
रामेश्वर फुयाल १६९६
राजेन्द्र गौतम १६३९
रोमनाथ ओली १५२७
लक्ष्मणराज ज्ञवाली १५४९
लक्ष्मी पोखरेल १४६३
विनोद ढकाल १५६१
शिवराज सुवेदी १४११
शेरबहादुर तामाङ १७१०
शेरधन राई १६५६
श्रीप्रसाद जगेबु १३४४
सञ्जीव झा १२६८
सूर्य ढकाल १४२३
सूर्य थापा १४८५
सोम मिश्र १४९४
हिक्मत कार्की १५८९