close

पाँचथरको ८ वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

पाँचथरको ८ वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरका ८ वटै पालिकामा नेकपा माओवादी केन्द्रले नयाँ नेतृत्व पाएको छ । १ नगरपालिका र ७ गाउँपालिका रहेको पाँचथरमा ११ मंसिरदेखि नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन सुरु भएको थियो ।


पालिका अधिवेशन सम्पन्न भएसँगै पाँचथरका ८ वटै पालिकामा माओवादी केन्द्रले नयाँ नेतृत्व पाएको हो । जिल्लाको सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । फिदिम नगरपालिकामा देवी थापा मगर, याङ्बरक गाउँपालिकामा अर्जुन बेला, हिलिहाङमा टेकबहादुर सुहाङ र फाल्गुनन्द गाउँपालिकामा इन्द्रकुमार नेम्बाङ अध्यक्ष निर्वाचित भएका छन् ।


त्यस्तै, मिक्लाजुङमा निरानन्द घिमिरे, कुम्मायकमा महेन्द्र खड्का र तुम्बेवामा खड्गबहादुर सम्बाहाम्फे अध्यक्ष निर्वाचित भएको नेकपा माओवादी केन्द्र फिदिम नगर कमिटी सदस्य गणेश तुम्रोकले जानकारी दिए ।


राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादी केन्द्रले वडा अधिवेशन यसअघि नै सम्पन्न गरिसकेको छ । उक्त पार्टीले २५ मंसिरमा ७ वटै प्रदेश र ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।