close

पाँचथरबाट एमालेमा ४ केन्द्रीय सदस्य निर्वाचित

पाँचथरबाट एमालेमा ४ केन्द्रीय सदस्य निर्वाचित

Trulli
ADVERTISEMENT

पाँचथर– चितवनको नारायणी नदी किनारमा सम्पन्न नेकपा एमालेको दसौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा पाँचथरका ४ नेता निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ सहित पाँचथरका ४ जना नेता एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 


केन्द्रीय सदस्य निर्वाचित हुने अन्य नेतामा पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिं सम्बाहाम्फे, पूर्वमन्त्री तथा संविधानसभा सदस्य श्रीप्रसाद जबेगु र संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङ रहेका छन् । 


पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्बाङ र सम्बाहाम्फे एमालेका पुराना नेता हुन् । अर्का नेता नेम्बाङ नेकपा मालेबाट र जबेगु माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् ।