close

माधव नेपाललाई राजतन्त्रको डर 

माधव नेपाललाई राजतन्त्रको डर 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको बताएका छन् । बुटवलमा समाजवादी प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न चेतावनी दिए ।आन्दोलनबाट प्राप्त उपलब्धिलाई तलमाथि हुन नदिइने उनको दाबी छ । ‘अब राजतन्त्र फर्काउन सम्भव छैन । समाजवादतर्फ देश अघि बढ्यो’, उनले भने । 

 

नेता नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन मिलेर उम्मेदवारी तय गर्ने सहमति बनेको खुलासा गरे । कतिपयले गठबन्ध टुटाउने प्रयास गरेको बताउँदै यसलाई जसरी पनि जोगाइने उनको भनाइ छ ।

 

एमाले अध्यक्षप्रति संकेत गर्दै नेता नेपालले भने, ‘०७४ को चुनावमा गठबन्धन गर्दा जायज हुने, अहिले नहुने ? राप्रपासँग मिल्ने, माओवादीसँग पाउ पर्ने अनि अहिले जायज छैन भन्ने कुराको कुनै तुक छैन ।’ अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई सुर्धान कसैले नसक्ने दाबी गरे ।