close

तिला पालिका अध्यक्ष योगी एमाले केन्द्रीय सदस्यमा मनोनीत 

तिला पालिका अध्यक्ष योगी एमाले केन्द्रीय सदस्यमा मनोनीत 

Trulli
ADVERTISEMENT

जुम्ला– नेकपा एमाले केन्द्रीय सदस्यमा जुम्लाबाट तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी मनोनीत भएका छन् । एमालेको चिवतनमा सम्पन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गरे पनि सहमतिमै पदाधिकारी टुंग्याउने भएपछि योगीले उम्मेदवारी फिर्ता लिएका थिए ।


उनीसहित जुम्लाबाट एमाले केन्द्रीय सदस्यमा बलबहादुर महत, धीरेन्द्र गिरी र टेकराज पछाईले उम्मेदवार घोषणा गरेका थिए । पार्टी निर्णयबाट आफू केन्द्रीय सदस्यमा मनोनीत भएको अध्यक्ष योगीले बताए । उनले भने, ‘लामो समयदेखि पार्टीमा योगदान दिएकै कारण सहमतिमै नेतृत्वले केन्द्रीय सदस्यमा मनोनीत गरेको भन्ने सुनेँ ।’ 

 

विद्यार्थीदेखि एमाले राजनीतिमा होमिएका युवा नेता योगीलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । ०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तिला पलिकामा एमालेबाट अध्यक्ष योगी मात्रै निर्वाचित भएका थिए ।