close

निर्वाचित भएपछि विश्वप्रकाशले भने : ‘यो एउटा व्यक्ति र गुटको विजय होइन’

निर्वाचित भएपछि विश्वप्रकाशले भने : ‘यो एउटा व्यक्ति र गुटको विजय होइन’

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’

उनले अघि भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’