close

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता प्रदीप पौडेल

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता प्रदीप पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताएका छन् । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहेका नेता पौडेलले आयोजना गरेको  ‘धन्यवाद कार्यक्रम’मा उनले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टी नेतृत्वतहमा युवा आउनु सकारात्मक भएको बताएका हुन् ।

 

‘निर्वाचनमा हारजित हुनु स्वभाविक हो, मैले जे खोजेको थियो, त्यो पार्टीभित्र भएको छ, युवापुस्ता पार्टीको कार्यकारी भूमिकामा पुगेको छ, जिम्मेवारीमा पुगेका साथीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु’, उनले भने ।

 

नेता पौडेलले पार्टीभित्र धेरै परिवर्तन आवश्यक रहेको जनाउँदै विधि, विधानअनुसार व्यवस्थित ढङ्गले कांग्रेस अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । सबैलाई सङ्गठित गरेर पार्टी अगाडि बढनुपर्ने उनको भनाइ थियो ।


    
उनले व्यक्तिका आधारमा नभई पार्टीभित्र नीति र पद्धतिमा प्रतिस्पर्धा हुनुपर्ने बताए । पार्टीभित्र आम एकताको खाँचो रहेको उनको भनाइ थियो । पाको नेतृत्वले युवालाई अगाडि बढाएको जनाउँदै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पौडेलले धन्यवाद दिए ।